दफा १७
सामाजिक सुरक्षा कोष सम्बन्धी व्यवस्था
(१) आयकर ऐन, २०५८ को अनुसूची-१ को दफा १ बमोजिम एकल प्राकृतिक व्यक्तिको वार्षिक पाँच लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा सो आयमा एक प्रतिशतका दरले र दम्पत्तिको हकमा वार्षिक छ लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा: एक प्रतिशतका दरले कर लाग्नेछ।
(२) उपदफा (१) बमोजिमको कर रकम भुक्तानीका बखत स्रोतमा कट्टी गरी असुल गरिनेछ।
(३) उपदफा (२) बमोजिम असुल गरिएको रकम छुट्टै राजस्व खातामा जम्मा गरिनेछ।
(४) उपदफा (१)/मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरण बापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस दफा बमोजिमको करलाग्ने छैन।